युद्दका आफ्नै अनुभब : १० बर्षे जनयुद्द देखे भोगेर आयको यो ठीट्टो अहिले आफ्नै टाउको माथि रकेट आउदा ढुक्क छ,साइरन बज्नासाथ केटो घरकै सेल्टरमा १०मिनेट लुक्छ , अनि फुत्त चियाउछ इन्टरनेटको भित्तो र संसार देख्ने हत्केलो | कालै आए मझेरीमा भिर पल्टिन्छ रे .., मेरो र धेरै अरुहरुको जिज्ञासा छ > आखिर युद्द किन ? धनि गरिबको असमानताका बिरुद्द या पुजीबादी सामन्तीहरूको उठानका लागि ?हो , जरुर युद्द आवश्यक छ मात्र फरक प्रकृतिको - कहिँ धन र धर्मको , कहिँ मन र मर्म को , त कहिँ अपराध र प्रेम को , यिन्का आफ्नै नीतिनियम छन् , तर ज्यानै खाने चै होइन | मात्र मुस्कान र मानवियताको खाचो छ यहाँ , अनि उन्को र मेरो प्रितको बंकरभित्र ...लुक्न टोक्न र भुक्नको मज्जा अर्कै छ, म प्रतिक्षामा छु शान्तिको , मायाको र सदभाबको तिर्खा मेट्न ...| हो ..मात्र तिर्खा ............., त्यो पनि उनकै कथा ब्यथा र व्याकुलता भित्रको असिमित तिर्खा .....कथाकार आत्मीय भाइ कृष्णपक्ष थापाको यो आफ्नै हृदयबाट ................ !
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
आखिर युद्द किन ? - कुमार पौडेल
आत्मीय मित्र कुमार पौडेलका यी भावपूर्ण शव्दहरुका लागि हार्दिक आभारी छु । उहाँ मेरा एक असल मित्र, दाजु, र साहित्य सर्जक पनि हुनुहुन्छ । यो इजरायल भूमिमा भए गरेका घटेका बिभिन्न स्थिति र घटनाक्रमहरुका साक्षी हुनुहुन्छ । मेरो लेखन यात्राको आरम्भदेखिका संगै हिड्ने साथी पनि हुनुहुन्छ - उहाँका यी आत्मीय भावनाका लागि हार्दिक हार्दिक धन्यवाद ।
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग

अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
| (यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
यो परिचय केवल फेसबुकको हो, मैले उहाँलाई देखेको त छैन तर तिर्खा पढेपछि उहाँ मेरा कथाहरुको असल पाठक हुनु भयो । जब भेट्दै नभेटेको साथीबाट ...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...
-
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु ...

















