विर्तामोड, झापाको पत्रिका 'कंचनजंघा'मा तिर्खा कथा संग्रहको पुरानो रिभ्यु (जी के पोख्रेलजीले लेख्नु भएको) प्रकाशित भएको रहेछ । र यही समय यता नागरिक दैनिकको शुक्रवारमा तिर्खा संग्रहभित्रको कथा 'साइनो बेच्ने केटी' पनि प्रकाशित भएको रहेछ । दुवै पत्रिकालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।संसारमा अनेक तिर्खाहरू हुन्छन आदत, लत र अम्मलहरु हुन्छन । यसरी तिर्खाहरु अतृप्त हुन्छन । जो लागिरहन्छन, मेटिइरहन्छन र फेरी लागिरहन्छन । यो क्रम अनन्त चलिरहन्छ । चलिरहोस ।


















