तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
रेडियो नेपालको साहित्यिक प्रस्तुति उद्गारमा 'तिर्खा'
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु कवि मञ्जु काँचुली, श्रवण मुकारुङ, प्रतीक ढकाल, बुद्धि मोक्तान र चेतनाथ कणेल 'हरित' का कविताहरू र कथाकार कृष्णपक्षको 'तिर्खा' कथा संग्रह बाट शीर्षकथा 'तिर्खा' प्रस्तुत भएको छ ।
तिर्खाको कथा वाचन र यो मिठो प्रेमका लागि आदरणीय दाजु कार्यक्रम संचालक साहित्यकार रमेश पौडेल र कथावाचन गरिदिनु हुने प्रस्तोता बबिता ढकाललाई हार्दिक हार्दिक धन्यवाद । कथा यहाँ सुन्नुहोस ।
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग

अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
| (यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
जहाँ जहाँ छन तिर्खालु मनहरु त्यहाँ त्यहाँ पुगेको छ तिर्खा । आत्मीय फेसबुक साथी विष्णु बिक्रम निरौला विराटनगर अस्पतालको पट्यारलाग्दो बसाइमा...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...
-
बाक्लो परिचय छैन मेरो उहाँसँग । यद्यपी उनका केही गीतहरुको भिज्युअल हेरेको छु । जे जति सामिप्यता छ यही फेसबुकमा भएको छ हाम्रो । तिर्खा कथा...
-
झमक घिमिरेको नयाँ कृति 'समय-विम्ब' (डायरी), रामगोपाल आँसुतोषको 'ईश्वर र फूलह्र' (कविता), कृष्णपक्षको 'तिर्खा' (कथा) ...
-
विर्तामोड, झापाको पत्रिका 'कंचनजंघा'मा तिर्खा कथा संग्रहको पुरानो रिभ्यु (जी के पोख्रेलजीले लेख्नु भएको) प्रकाशित भएको रहेछ । र यही ...



















